काठमाडौं –ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ डिस्चार्ज हुनुभएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीलाई बुधबार र विहीबार गरी दुई पटक डायलाइसिस गरिएको थियो । प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेर पिसाबमा समस्या देखिन थालेपछि डायलासिस गरिएको अस्पतालले जनाएको थियो ।बुधबार विहान उपचारका लागि भर्ना हुनुभएका प्रधानमन्त्री ओली डिस्चार्ज भएर सरकारी निवास बालुवाटार जानुभएको छ ।
अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले सञ्चारकर्मी तथा शुभेच्छुकहरुलाई ‘आई एम फिट’ भन्ने प्रतिक्रिया दिँदै बाहिरिनुभएको थियो ।









