एजेन्सी – लियोनल मेस्सीमाथि लागेको प्रतिबन्ध सकिएसँगै उनी आगामी महिना ब्राजिल र उरुग्वेसँगको मैत्रीपूर्ण खेलका लागि अर्जेन्टाइन टोलीमा समावेश भएका छन् ।
बार्सिलोनाका ३२ वर्षीय फरवार्ड मेस्सीले कोपा अमेरिका कपमा गत ६ जुलाईमा चिली विरुद्धको तेस्रो खेल गुमाएका थिए । कोपा अमेरिका ‘भ्रष्ट’ भएको आरोप लगाएपछि मेस्सीमाथि खेलमा प्रतिबन्ध लगाइएको थियो ।












