प्रधानमन्त्रीका सुरक्षागार्ड शाही जुवाखालबाट पक्राउ

प्रकाशित मिति:

काठमाडौँ -नेपाली सेनाका सेनानी ९मेजर० राजेन्द्र शाहीसहित ८ जना जुवाखालबाट पक्राउ परेका छन् ।महानगरीय प्रहरी प्रभाग गोंगबुद्वारा काठमाडौँको नयाँ बसपार्कबाट उनी पक्राउ परेका हुन् ।मेजर शाहीले आफु प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा गार्ड रहेको वयान दिएको प्रहरी श्रोतको भनाइ छ ।

पक्राउ पर्नेहरूमा मेजर राजेन्द्र शाही, बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा रहेका छन् ।जुवाखालमा उनीहरुको साथबाट १ लाख ५९ हजार रुपैयाँ बरामद गरिएको छ ।