रेलिगेशनको टीमसँग हार्यो पीएसजी

प्रकाशित मिति:

एजेन्सी-फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० रेलिगेसनमा रहेको टीमसँग पराजित भएको छ ।यो पराजय पीएसजीको यो सिजनको तेस्रो हार हो । शुक्रबार राति भएको खेलमा पीएसजी रेलिगेशन जोनमा रहेको डीजोनसंग पराजित भएको छ । डीजोनले घरेलु मैदानमा लिग लिडर पीएसजीलाई २–१ गोल हान्दै स्तब्ध बनायो ।खेलको १९ औ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर पहिलो हाफको ईन्जुरी समयमा मौनिर चौयरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको तेस्रो मिनेटमा जोन्डर काडिजले डीजोनका लागि विजयी गोल गरेका थिए । मौरो इकार्डी र एडिसन काभानीको प्रहार विफल हुदाँ पीएसजीले बराबरीको मौका गुमाएको थियो ।तालिकाको पुछारमा रहेको डीजोनले जित निकाल्दै दुई स्थान सुधार गरेको छ । लिग वानमा डीजोन १८ औ स्थानमा उक्लिन सफल भएको छ ।लगातार ६ जित निकालेको पीएसजीले पछिल्ला चार खेलमा मात्र १७ गोल गरेको थियो । हारेपनि पीएसजी १२ खेलबाट २७ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।