
कपिलवस्तुमा बम फेला
विप्लव नेकपाको १ घन्टे चक्काजाम, कपिलवस्तुमा बम फेला रुपन्देहिमा टायर जलाईयो
बुटवल – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको १ घन्टे चक्काजाममा ठाउँठाउमा अज्ञात बस्तुहरु फेला परेका छन । रुपन्देहिको देवदह नगरपालिकामा पर्ने भलुहिको जङ्गल नजिकै सडकमा टायर जलाएर चक्काजाम सफल पारौ भनेर लेखिएका पर्चाहरु फेला परेका छन ।
त्यस्तै यता पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नपा१, रेन्जरपोष्ट (माइक्रोथान) नजिकै बीच सडकमा बम जस्तो देखिने अन्जान वस्तु फेला परेको छ । अन्जान वस्तुका कारण सडक नै अवरुद्ध भएपछि प्रहरीद्वारा सुरक्षा व्यवस्था कडा गरिएको छ । नेपाल आर्मीको टोली आएपछि डिष्पोज टोलि घटनास्थल तर्फ जाँदै छ । यस्तै यता पोखरा लेखनाथ तालचोक र आदर्श चोकको बिच सडकमा शक्तिशाली बम फेला परेको समाचार छ, बम डिस्पोजल टोलि घटना स्थलमा जाँदै छ ।