बुटवल – तरुण दल बुटवल उप महानगर समितीका सभापति एबम तरुण नेता सुजन पुनले जन्मदिनको अवसरमा रक्तदान गरेका छन । सामाजिक कार्यमा अग्रसर तरुण नेता सुजनले बिगतका बर्षहरुमा जस्तै यस् बर्ष रक्तदान गरी जन्मदिन मनाएको सबलपोस्टलाई जानकारी दिए । ‘रक्तदान जीवनदान । रक्तदान महादान’ भन्ने मुल उदेश्यका साथ सुजनले आकस्मिक कारणबाट अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै रहेको भन्दै उनले रक्तदान गरेका हुन । उनी भन्छन – देशमा शिक्षित व्यक्तिको संख्या वृद्धि भएपनि अझै रक्तदानको ज्ञान बारेमा पर्याप्त जानकारी छैन । रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटाऔं । रक्तदान गर्नुपूर्व विभिनन स्वास्थ संस्थाबाट रक्तदान सम्बन्धी जानकारी लिन सक्छौं ।

हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् । कुनै बेला हामी आफैलाई रगत चाहिँदा कसले दिन्छ ? त्यसैले रक्तदान गरौं र अरुको अमूल्य जीवन बचाऔं । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको चरम संकट परेको छ । यस्लाई उजागर गर्नका लागि हामी बाटै रक्दान गर्नुपर्छ भन्दै सुजनले रक्तदान गरेका हुन ।










