लेइस्टरको जीत, चेल्सीलाई उछिनेर तेस्रो

प्रकाशित मिति:

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लेइस्टर सिटी बिजयी भएको छ ।गएराति सम्पन्न खेलमा लेस्टरले क्रिस्टल प्यालेसलाई पराजित गरेको हो ।लेइस्टरको जीतमा ५७ औं मिनेटमा काग्लर सोयन्चुले ५७ औं तथा जेमी भार्डीले ८८ औं मिनेटमा गोल गरे ।जितसँगै लेइस्टरले चेल्सीभन्दा माथि स्थान बनाएको छ ।

लेइस्टर लिगको तेस्रो स्थानमा उक्लिएको छ भने चेल्सी चौथो स्थानमा झरेको छ ।११ खेलबाट लेइस्टरको २३ अंक छ । समान अंक भएपनि चेल्सी गोल अन्तरले चौथो स्थानमा रहेको छ ।