सरकारले भदौ १ गतेदेखि लागु गरेको मुलुकी सहिताले संचार क्षेत्रमा संशय पैदा गरेको सो क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । उनिहरुले घाटीमा तरवार तेस्राएर मिडियाले प्रभावकारी काम गर्न नसक्ने उनिहरुको तर्क रहेको छ । लोकतन्त्रमा वाक तथा अभिव्यक्ति स्वतन्त्रता र सुचनाको हकमाथी बन्देज लगाउने प्रयास कदापी स्विकार्य नहुने उनिहरुको तर्क रहेको छ । तर संचार माध्यम पनि जवाफदेही बन्नु आवश्यक रहेको उनिहरुको भनाई रहेको छ । बुद्ध सामुदायिक टेलिभिजनले आफ्नो ११ औं बार्षिकोत्सवको अबसरमा आयोजना गरेको नया संहिता,संचार र संशय बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश न ५ का सभामुख सभामुख पूर्णबहादुर घर्तीले हरेक कानुनहरु परिस्थिती अनुसार फेरिने बताउनु भयो । जनताको रगत पसिनाबाट गणतन्त्र आएको र त्यहि गणतन्त्रको जगबाट बनेको संविधान र त्यसैलाई टेकेर बनेका ऐन कानुनहरु जनपक्षिय हुनुको विकल्प नभएको उहांको तर्क रहेको छ ।
कार्यक्रमा बोल्दै बिशिष्ट अतिथि नेपाली कांग्रेस संसदिय दलका नेता बलदेब शर्मा पोखरेलले लोकतन्त्रका नाममा सुचना र पे्रेसलाई नियन्त्रणमा राख्न खोज्नु गलत भएको टिप्पणी गर्नु भयो । उहांले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कसैसंग पनि नेपाली कांग्रेसले सम्झौता नगर्ने बताउनु भयो ।कार्यक्रममा नेकपा संसदिय वोर्डका सचिव माननिय भोजप्रसाद श्रेष्ठले हरेक एने कानुन परिर्वतनशील हुने भन्दै संचार क्षेत्रमा वाधा पुग्ने खालका भएको त्यसको सम्शोधन आवश्यक रहेको टिप्पणी गर्नु भयो । उहांले दुई तिहाई सरकार कठोर नभई नरम भएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वोल्दै नेपाल पत्रकार महासघका वरिष्ट उपाध्यक्ष विपुल पोख्रेलले नेपाली पत्रकारहरुलाई ऐनका नाममा नियन्त्रणमा लिन खोज्ने खालको दुश्प्रयास कसैले नगर्न चेतावनी दिनु भयो । उहांले घाटीमा तरवार तेस्राएर स्वतन्त्र र निश्पक्ष पत्रकारिताको अपेक्षा गर्नु सरासर गलत हुने टिप्पणी गर्नु भयो । उहांले नेपाल पत्रकार महासघले सरकारलाई ऐनमा भएका व्यवस्थालाई खारेज गर्न सम्शोधन गर्न र सुधार गर्न सुझाव दिएको भन्दै त्यसलाई अटेर गरे सरकारले ठुलो मुल्य चुकाउनु पर्ने चेतावनी दिनु भयो ।
कार्यक्रमा बोल्दै कानुन आयोग प्रदेश ५ का अध्यक्ष कुमार आचार्यले नेपाली मिडिया र मिडियाकर्मीहरु धेरै सशयमा रहनु नपर्ने बताउनु भयो । उहांले संहिताको उदेश्य मिडियाको भावनालाई संकुचन नगर्ने खालको नभएको दावी गर्दै त्यस्तो अवस्था रहेमा त्यसलाई सम्शोधन गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष पृथ वहादुर फौदार पृथ्वीले समाजको साहाराका रुपमा रहेको मिडिया र त्यहां काम गर्ने संचारकर्मीहरुलाई निर्वाद कार्य सम्पादनको अधिकार हुनु पर्ने बताउनु भयो । उहांले स्वतन्त्र प्रेसलाई नियन्त्रणमा राख्ने खालको आसय भए त्यसले समाजमा द्धन्द्ध श्रृजना गर्ने दावी गर्नु भयो ।
कार्यक्रममा नयां सहिता संचार र सशय विषयमा कार्यपत्र प्रस्तुत गर्दै अधिबक्ता महेन्द्र पाण्डेले नयां ऐनले संचार जगतललाई त्रसिद पारेको भन्दै त्यसलाई सच्चाउनुको विकल्प् नभएको बताउनु भयो । उहांले सकारात्मक कुराहरुलाई संरक्षण गर्ने र दोहोरो अर्थ लाग्ने खालका प्रावधानलाई सुधार गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यपत्रमाथी टिप्पणी गर्दै अधिवक्ता तथा पत्रकार युवराज कंडेलले ऐनमा केहि खराव नियत देखीएको भन्दै त्यसलाई सुधार गर्नु पर्नेमा जोड दिनु भयो । अर्का टिप्पणीकर्ता अधिवक्ता ओम पंगेनीले बजारमा बहस भएजस्तो ऐनमा त्यति खतरा नरहेको भन्दै केहि कुराहरुलाई सुधार गरे जादा त्यसले सकारात्मक परिणाम दिने बताउनु भयो ।कार्यक्रममा पुर्व सांसद विनोद पहाडी, पत्रकार महासंघ प्रदेश ५ का अध्यक्ष मौसम रोक्का, डेमोक्र्याटीक लोयर एशोसिएन रुपन्देहीका अध्यक्ष रामजी ज्ञवाली पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराई, शाखा सचिव राम प्रसाद आचार्य, लेखक मनिकर कार्की, पत्रकाहरु दामोदर खनाल रेखा भुषाल लगायतले बोल्नु भएको थियो ।
संस्थाका अध्यक्ष फौदारको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी अधिकृत विष्णु भुषालको स्वागत र समाचार प्रमुख विक्रम खड्काको संचालनमा सम्पन्न भएको थियो ।










