वार्ता बाट समस्याको समाधान निकाल्ने उच्चस्तरीय वार्ता समितिका संयोजक पाण्डेको भनाई

प्रकाशित मिति:

उच्चस्तरीय वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले मुलुकमा २३ पार्टी तथा समूहसंँग वार्ता गरी समस्याको समाधान निकाल्ने बताएका छन । उनले वार्ता गर्नका लागि भएका प्रयास र अबको दिनमा सबै प्रक्रिया बढाइने बताए । प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विभिन्न समयमा भएका वार्ता र सम्झौताहरु कार्यान्वयन गर्ने कार्यमा समिति सक्रिय भएर लाग्ने बताए । संयोजक पाण्डेले सीके राउत, गोइत समूह लगायतका विभिन्न विद्रोही समूहलाई वार्तामा बोलाईने समेत बताए । विगत केही वर्ष देखि कही कतै विभिन्न किसिमका माग राखेर विद्रोह र द्वन्दमा रहेका २३ समूहसँग वार्ता गरी समस्याको समाधान गर्ने तयारीमा रहेको उनले बताए । वार्ता गर्नका लागि भएका प्रयास र यो भन्दा पहिला भएका वार्ता साथै सम्झौताका विषयलाई कार्यान्यन गर्ने उनले बताए । समितिले सबै प्रक्रिया अगाडि बढाउने काम भई रहेको पनि उनले जानकारी दिएका छन । टोलीका संयोजक पाण्डेले प्रधानमन्त्री केपी ओलीले रात दिन लगाएर वार्ता छिट्टै सक्ने म्यान्डेट दिएका कारण आगामी ६ महिना भित्र यी सबैसँग वार्ता सकिने अनुमान गरिएको बताए । केही दलहरुका मागका आधारमा समस्या समाधान गर्ने हेतुले सरकारले जिम्मा दिएको संयोजक पाण्डेयले बताए । वार्ताका बेला विप्लव समूहका कन्द्रीय नेताहरुलाई पक्राउ गरेर प्रहरीले यातना दिएको भन्ने आरोप माथी सत्यता नभएको बताउँदै उनले विप्लवका नेताहरुलाई राजनैतिक भन्दा पनि अपराधिक घटनामा संलग्न भएको पाईएको बताए ।