इस्लामिक स्टेटका पूर्वप्रमुख अल बग्दादीकी दिदी टर्कीद्वारा पक्राउ

प्रकाशित मिति:

इस्लामिक स्टेट समूहका पूर्वप्रमुख अबु बकर अल बग्दादीकी दिदीलाई पक्राउ गरिएको टर्कीले जनाएको छ। अमेरिकी विशेष फौजले अक्टोबर २६ तारिखमा उत्तरी सिरियामा गरेको कारबाहीमा अल बग्दादी मारिएका थिए। उत्तरी सिरियाको अजाज नगर नजिकैबाट अल बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई सोमवार पक्राउ गरिएको टर्कीका अधिकारीहरूले बताएका छन्। उक्त नगर हाल टर्कीको नियन्त्रणमा रहेको सिरियाको अलेप्पो प्रान्तमा पर्छ। अजाज नगरमा अवाद आफ्ना पति र परिवारका अन्य सदस्यसहित बस्दै आएको बताइएको छ। टर्कीका एक अधिकारीले अवादलाई सूचनाको खानीु भन्दै उनले थुप्रै सूचना दिन सक्ने बताएका छन्।पश्चिमा विज्ञहरूले टर्कीको दाबीबारे सन्देह व्यक्त गरेका छन्। तर अवादसँग अल  बग्दादीको जीवन र आईएसको संरचनाबारे आन्तरिक जानकारी हुन सक्ने उनीहरूको भनाइ छ। टर्कीका सञ्चार निर्देशक फहरेतिन आल्तुनले अल बग्दादीकी दिदीलाई पक्राउ गरिएको ट्वीटमार्फत्‌ पुष्टि गरेका छन्।उनले लेखेका छन्, दर्शन र तिनीहरूको उत्पत्तिको वास्ता नगरी आतङ्कवादविरुद्ध टर्कीको लडाइँ अक्षुण्ण रहनेछ।अल बग्दादीकी दिदीको गिरफ्तारी हाम्रो प्रतिआङ्कवादको कारबाहीमा अर्को एउटा सफलताको उदाहरण हो।टर्कीका एक अधिकारीले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार अल  बग्दादीकी दिदीको गिरफ्तारीले आईएसका आन्तरिक गतिविधिुबारे थाहा पाउन सघाउन सक्छ। अल  बग्दादीकी दिदीबारे त्यति धेरै जानकारी छैन र पक्राउ गरिएकी महिलाबारे बीबीसीले अहिलेसम्म स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार अल बग्दादीका पाँच दाजुभाइ र धेरै दिदीबहिनी भए पनि उनीहरू सबै जीवित रहे वा नरहेको स्पष्ट छैन।

को थिए अल बग्दादी  आईएसका नेता अल बग्दादी विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्थे। सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारिक रूपमा आतङ्ककारी तोक्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार घोषणा गरेको थियो। अल बग्दादी एक अत्यन्तै व्यवस्थित र क्रूर विद्रोही योद्धाका रूपमा कुख्यात थिए। सन् १९७१ मा अल बग्दादको उत्तरस्थित समरामा उनको जन्म भएको थियो। विवरणहरूका अनुसार अमेरिकाले सन् २००३ मा इराकमा अतिक्रमण गर्दा ताका अल  बग्दादी त्यहीको एक मस्जिदमा धर्मगुरु थिए।कतिपयका अनुसार सद्दाम हुसैनको शासनकालमै अल  बग्दादी विद्रोही जिहादी भइसकेका थिए। अरूका भनाइमा चाहिँ दक्षिण इराकस्थित अमेरिकी शिविर क्याम्प बुक्कामा चार वर्ष बन्दी बनाइएपछि अल  बग्दादी कट्टरपन्थी भएर निस्किए। सो शिविरमा कैयौँ अल कायदा कमान्डरहरूलाई राखिएको थियो। सन् २०१० मा अल  बग्दादी इराकमा अल  कायदाको नेताका रूपमा उदाए।आईएसमा पछि सो समूह समाहित भएको थियो। सिरियाको अल  नुसरा गुटसँग जोडिने प्रयास भइरहेका बेला अल  बग्दादी सङ्गठनको उच्च नेतृत्वमा उदाए।यसै वर्षको आरम्भमा आईएसले अल  बग्दादी भनेर चिनाउँदै एउटा भिडिओ सार्वजनिक गरेको थियो।त्योभन्दा अगाडि सन् २०१४ देखि नै अल  बग्दादीलाई यसरी सार्वजनिक देखिएको थिएन।त्यतिखेर अल(बग्दादीले मोसुलमा बोल्दै सिरिया र इराकका भूभाग समेटेर ुक्यालिफेटु निर्माणको घोषणा गरेका थिए।बिबिसीवाट साभार