काठमाडौं-आउँदो १५ गतेबाट शुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत प्रतियोगिता अगावै तीन वटा खेल हुने भएको छ ।उद्घाटनअघि भलिबल, उसु र प्याराग्लाइडिङका खेल शुरू हुनेछन् । उक्त खेलहरु काठमाडौं, ललितपुर र पोखरामा खेलाइने जनाइएको छ ।भलिबल ११ मंसीरबाट, उसु १३ मंसीरबाट र प्याराग्लाइडिङ १४ मंसीरबाट शुरू हुनेछ। भलिबल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ।
उसु ललितपुरको लगनखेलस्थित आर्मी फिजिकल एण्ड ट्रेनिङ सेन्टरमा हुनेछ। प्याराग्लाइडिङ भने पोखरामा हुनेछ।१३औं सागको उद्घाटन र समापन त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुनेछ । २४ गतेसम्म हुने खेल काठमाडौं, पोखरा र जनकपुरमा खेलाइनेछन् ।










