बुद्ध सामुदायिक टेलिभिजनले ११ औं बार्षिकोत्सवको अबसरमा छात्रबृत्ति बितरण गरेको छ । बुटवल १३ बदेलपोखरीमा रहेको जितेश्वरी माध्यमिक बिद्यालयमा अध्ययनरत अति बिपन्न तथा जेहेन्दार ३ जना बिद्यार्थिलाइ जनही ५—५ हजारका दरले छात्रबृत्ति रकम हस्तान्तरण गरिएको हो । बिद्यालयमा एक समारोहको आयोजना गरि कक्षा १० मा अध्ययनरत छात्रा सपना बिक,कक्षा ८ मा अध्ययनरत केशब बिक र कक्षा ६ मा अध्ययनरत पवन सुनारलाइ छात्रबृत्ति बांडिएको हो ।
सो अबसरमा बोल्दै प्रमुख अतिथि बुटवल १३ का वडाध्यक्ष नारायण पुनले शैक्षिक क्षेत्रमा बुद्ध टेलिभिजनले खेलेको भूमिकाको प्रशंसा गर्दै सामाजिक काममा निरन्तरता दिन आग्रह गर्नुभयो ।बिद्यालय ब्यबस्थापना समितिका अध्यक्ष हेमबहादुर रानाले ओझेलमा परेको जितेश्वरी माबिमलाइ छनौट गरि छात्रबृत्ति बितरण गरेकोमा धन्यबाद ब्यक्त गर्नुभयो । टेलिभिजनका अध्यक्ष पृथ बहादुर फौदारले टेलिभिजनको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक बर्ष जस्तै यसबर्षपनि सामुदायिक बिद्यँलयमा अध्ययनरत बिद्यार्थीलाइ अध्ययनमा हौसला प्रदान गर्ने उद्धेश्यले छात्रबृत्ति बाडिएको बताउनुभयो ।
सो अबसरमा बोल्दै बिद्यालयका प्रधानाध्यापक उपेन्द्र ज्ञवालीले टेलिभिजनको प्रगतिको कामना गर्नुभयो । सो कार्यक्रमको संचालन टेलिभिजनका कार्यक्रम प्रमुख खेमराज रेग्मीले गर्नुभएको थियो ।










