सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको मन्त्री बिष्टको स्वीकारोक्ति

प्रकाशित मिति:

काठमाडौं / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको स्वीकार गर्दै त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिन जरूरी रहेको बताउनुभएको छ । वहाँले यसका लागि सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोडसम्मको ऋण प्रवाह गर्ने तयारी गरेको बताउनुभयो ।सिंहदरबारमा गैर सरकार संस्था महासंघ, नेपाल, उपभोक्ता महासंघ, कर्मचारी संचय कोषलगायतका पदाधिकारीहरुसँगको सामूहिक छलफलमा मन्त्री विष्टले सामाजिक सुरक्षा कोषमा योगदान गरेकालाई बढीमा एक करोडसम्मको ऋण प्रवाह गर्ने तयारी गरिएको जानकारी दिनु भएको हो ।

सामूहिक छलफलमा उहाँले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरुको मागलाई ध्यानमा राखेर सरकारले उनीहरुलाई घरजग्गा वापत बढिमा १ करोड र शैक्षिक कर्जा बापत बढिमा ३५ लाख ऋण प्रवाह गर्ने कार्यविधि तय गरी मन्त्रालयमा छलफल भईरहेको पनि बताउनु भयो ।