काठमाडौँ /नेपालले इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी० विरुद्धको ट्वान्टी–ट्वान्टी क्रिकेटमा पराजय व्यहोरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालको मिक्स टिम एमसीसीसँग ११३ रनको फराकिलो अन्तरले पराजित भएको हो ।एमसीसीले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७६ रन समेटियो ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।
नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुरका लागि नेपाल आएको एमसीसीले यसअघि नेपालसँग एक एकदिवसीय र ती दिवसीय ९फस्ट क्लास क्रिकेट खेलिसकेको छ ।तीन दिवसीयमा एमसीसीसँग २ सय ८ रनले पराजित भएको नेपालले एक दिवसीयमा भने एमसीसीलाई ५ विकेटले हराएको थियो ।










