आफ्नो रितिरिवाज तथा परम्पराको जगेर्ना गर्ने उद्धेश्य छ : दाहाल

प्रकाशित मिति:

नेपाली नारी हरुको महान पर्व हरीतालीका तिजको अवसरमा युएईमा तिज विषेश सांकृतीक कार्यक्रम हुन गईरहेको छ यसै सन्र्दभमा कार्यक्रम संयोजक उज्वल दाहाल संग गरीएको कुराकानी :

कार्यक्रमको तयारी कहाँसम्म पुग्यो ?

कार्यक्रमको सम्पूर्ण तयारी सक्किसकेको अब हामी मात्र कार्यक्रम को सम्पूर्णता को प्रतिक्षा मा छौ
तीज बिशेष साँस्कृतिक कार्यक्रम गर्नुको उद्देश्य नेपालि नारीहरु लाइ परदेश मा पनि आफ्नो रितिरिवाज तथा परम्पराको जगेर्ना गर्ने उद्धेश्य र सबै दिदीबहिनीहरु लाई एकत्रित गरि एक दिन भए पनि परदेश को दुख लाई भुलाई आफ्नोपन दिलाउन यो कार्यक्रम को आयोजना गरिएको हो।

कार्यक्रममा के कस्ता प्रस्तुतिहरु रहनेछन ?

कार्यक्रम बिसुद्ध संस्कृतिक रहने छ जसमा नृत्य, गायन प्रहसन का साथै बाल मंच को प्रस्तुति रहनेछ।

यसरि कार्यक्रमको लागि खटिरहँदा कस्तो खाले अनुभव हुने रहेछ ?

प्रवाश मा रहेर पनि नेपाली संस्कृति जगेर्ना गर्ने काम गर्न पाउनु नै आफु ले आफु लाई भाग्यसाली ठान्दछु यो अवसर प्रधान गर्नु हुने सम्पूर्ण   NRNA कार्यसमिति प्रति आभार ब्यक्त गर्दछु विशेष गरि क्षेत्रीय अधक्ष्य गोपाल पौडेल प्रति कृतज्ञता प्रकट गर्दछु।