जनकपुरमा मोदीसँगै ओलीको पुत्ला जलाइयो

प्रकाशित मिति:

धनुषा – नेकपा क्रान्तिकारी माओवादीले प्रधामन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । आइतबार मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी र जनगणतान्त्रिक मोर्चा धनुषाले संयुक्तरुपमा जनकपुरको जनक चोकमा दुवै देशका प्रधानमन्त्रीको पुत्ला जलाएको हो ।

भारतले नेपालको भू–भाग आफ्नो नक्सामा समेटेको र देशका प्रधामन्त्री चुप लागेर बसेको बिरोधमा ओली र मोदीको पुत्ला जलाएको जनगणतान्त्रिक मोर्चा धनुषाका अध्यक्ष नन्दकुमार झाले बताए । पुत्ला दहन कार्यक्रममा मिथिला राज्य समिति सदस्य कमल नरायण चौधरी, नेकपा माओवादी क्रान्तिकारी धनुषाका सेक्रेटरी शीतल कर्ण लगायतको सहभागिता थियो ।