ट्रम्पका पूर्व सल्लाहकार जर्ज पापाडोपुलसलाई १४ दिनको जेल सजा

प्रकाशित मिति:

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार जर्ज पापाडोपुलसलाई १४ दिनको जेल सजाय भएको छ । रुससंग सम्बन्ध राखेको मामिलामा झुठ बोलेका पापाडोपुलसलाई १४ दिन जेलसहित रकम पनि जरिवाना गरिएको हो ।

अमेरिकी न्यायाधीश रुडोल्फ मासले सुनुवाई गर्दै विदेश नीति उल्लंघन गरेको आरोपमा उनलाई सजाय सुनाएका हुन् ।

वासिङटनको अदालतमा भएको सुनुवाइका क्रममा पापाडोपुलसले सन् २०१७ को जनवरीमा यो गल्ती भएको जनाएका थिए ।

उक्त समयको नतिजा अहिले आएर उनले सजाय भोग्नु परेको हो ।  पापाडोपुलसले अदालतमा आफूलाई लाज लागेको र उक्त समयमा आफू युवा र महत्वाकांक्षी भएकाले यस्तो गल्ती हुन गएको बताएका छन् ।

न्यायाधीशले दोषीको बयानका आधारमा कम भन्दा कम सजाय दिइएको बताएका छन् । उनलाई साढे ९ हजार अमेरिकी डलर जरिवाना संगै एक वर्ष सम्म सामुदायिक सेवामा रहनु पर्ने आदेश पनि दिइएको छ ।