झविन्द्र देवकोटा / बुटवल – शान्तिका लागि अभियान जिल्ला स्तरीय चित्रकला प्रतियोगिता रुपन्देहीको सेमलारमा मंगलबार भएको छ । रुपन्देहीका विभिन्न स्थानका चार विद्यालयका २० जना विद्यार्थी सहभागि रहेको प्रतियोगितामा नवरत्न माध्यमिक विद्यालयका विद्यार्थी भावना सुनार विजय भएकी छन् ।

उनले प्रतियोगिताको उपाधी सहित लायन्स क्लवको डिष्ट्रिकमा प्रतिस्प्रर्धा गर्न पाउने भएकी छन् । उनी डिष्ट्रिकमा छनोट भए लायन्स इन्टरनेशनलमा सहभागि हुने अवसर पाउने र त्यहा छनोट भए नगद ५० हजार राशिको पुरस्कार पाउने छन् । यस्तै प्रतियोगितामा ज्ञान ज्योति माध्यमिक विद्यालयका ज्योति रिजाल द्वितीय र सोही विद्यालयकी दिया चालिसे तृतिय भएकी छन् । लायन्स क्लव अफ बुटवल मणि उजेशले साना स्कुले विद्यार्थीमा रहेका आन्तरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरेको कार्यक्रममा विश्व शान्ति, शान्तिको खोजि, शान्ति स्थापना गर्ने र शान्ति मुलक समाज दर्शाउने चित्रहरु विद्यार्थीले बनाएका थिए ।

मणि उजेशका अध्यक्ष नेहा अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा अरनी सोरठी प्रतिष्ठानका अध्यक्ष मन गोल्डी, कार्यक्रम संयोजक एलिना श्रेष्ठ, मणि उजेशका सचिव प्रविना घिमिरे लगायतले विजयी विद्यार्थीलाई बधाई तथा शुभकामना दिएका थिए । प्रतियोगितामा रुपन्देहीका ज्ञान ज्योति मावि, सिद्धिविनायक मावि, सरस्वती मावि र नवरत्न माविका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।













