माधव घिमिरेको अध्यक्षतामा कपिलवस्तु क्यान महासंघमा ११ सदस्यीय नयां नेतृत्व चयन

प्रकाशित मिति:

प्रविधि र कम्प्यूटर क्षेत्रमा आबद्ध व्यवसायीहरुको छाता संगठन कम्प्यूटर एशोसियसन नेपाल (क्यान) कपिलवस्तुको एघारौं बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । कम्प्यूटर शिक्षा, संचार प्रविधि, सुरक्षा उपकरण व्यवसायमा आबद्ध व्यवसायीहरुको साझा संगठन क्यानको अधिवेशनले माधव घिमिरे अध्यक्ष रहेको ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा सन्दीपकुमार श्रीवास्तव, सचिवमा अर्जुन थापा, सह–सचिवमा रामसुभागे थारु र कोषाध्यक्षमा सुरेन्द्र भट्टराई सर्वसम्मत निर्वाचित हुनुभएको छ । कार्यसमितिको सदस्यहरुमा नारायण पौडेल, दिपक पौडेल, प्रकाश चौधरी, अनिल अधिकारी, बिजयता श्रेष्ठ र लक्ष्मी अधिकारी चयन हुनुभएको छ ।
क्यानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नवराज कुँवरले नव निर्वािचत पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथसहित प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति संयोजक नारायण प्रसाद खनालले जिल्लाका सबै प्रविधि र कम्प्यूटर क्षेत्रमा आबद्ध व्यवसायी तथा प्रशिक्षण केन्द्रहरुलाई जोड्दै नयाँ प्रविधि तथा कम्प्यूटरको आधुनिक शिक्षाबारे विशेष अभियान थाल्न सुझाव दिनुभयो ।