काठमाण्डौ। रोल्पाको सुलिचौरमा गोली प्रहार गरी नेपाल तरुण दल रोल्पा नगरका सभापति ३१ बर्षिय रोहित पुनको हत्या भएको छ । घटना इलाका कार्यालयदेखि १५ मिटर नजिक होटल रेस्ट प्वाइन्ट रेष्टुरेन्टमा भएको प्रत्यक्षदर्शीले बताएका छन्। गोली लागि घइते भएका उनको उपचारको क्रममा लैजादा लैजादै बाटो मै मृत्यु भएको हो । उनीमाथि सुनिल स्मृति गाउँपालिकाको सुलिचौर प्रहरी चौकीदेखि अगाडि रहको स्थानमा तत्कालीन माओवादी केन्द्रका कार्यकर्ता देव भन्ने देवबहादुर घर्तीले गोली हानी हत्या गरेको आशंकामा घर्तिलाई प्रहरीले पक्राृ गरेको छ ।
प्रत्यक्षदर्शीका अनुसार पुनको छातीमा दुई र बायाँ कोखामा एउटा गोली लागेको थियो। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काले गोली कसले हानेको यकीन नभए पनि एकजनालाई पक्राउ गरिएको जनाएका छन्।
यसैबीच नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पुनको हत्या गरेको भनी भर्सना गरेका छन्। उनले विज्ञप्ति जारी गरी हत्यारालाई कडा कार्वाही गर्न माग गरेका छन्। बिज्ञप्तीमा कम्युनिस्ट सरकारको आडमा सत्ताधारी पार्टीका कार्यकर्ताले कानुन आफ्नो हातमा लियर आपराधिक र आतंककारी शैलीमा गरिएको यो जघन्य हत्याको नेपाल तरुण दल घोर भ्रत्सना गर्दछ। भनिएको छ ।












