दमौली – तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर २ जामुनेमा करेन्ट लागेर बिहीबार दुईजना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय आजाद आलम र २५ वर्षीय सागर आलम रहेका छन् । उनीहरु जामुनेमा निर्माण भईरहेको स्वास्थ्य चौकी भवनमा मजदुरको रुपमा कार्यरत थिए ।
स्वास्थ्यचौकी भवनमा मार्बलको काम गर्ने क्रममा विद्युत शट भएर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक शिवराज क्षेत्रीले जानकारी दिए । मृतक दुवैको शव दमौली अस्पतालमा राखिएको छ ।









