भारतमा तामिलनाडु राज्य सरकारले पूर्व प्रधानमन्त्री राजीब गान्धीको हत्यामा पक्राउ परेका सात जना आरोपीलाई रिहाइ गर्ने प्रस्ताव पास गरेको छ । राज्य सरकारको यो निर्णय राज्यपाल समक्ष लाने तयारी गरिएको छ । उनीहरु बिगत २७ बर्ष देखी जेलमा छन् । गत २०१४ मा पनि उनीहरुको रिहाइका लागि तत्कालिन मुख्यमन्त्री जयललिताले रिहाईको फैसला गरेको भए पनि केन्द्र सरकारले उक्त निर्णय खारेज गरेको थियो । राज्य सरकारले भारतको सर्बोच्च अदालतले रिहाईको लागि राज्यपालको फैसला आवश्यक भने पछि उक्त निर्णय गरिएको हो । राजीब गान्धीको हत्या एक धानु नामकी महिलाले गरेकी थिइन् । एलटीटीई नामक सशस्त्र समूहकी सदस्य रहेकी महिलाको उक्त समूहले तामिलको लागि अर्को देशको माग गरेर आन्दालेनमा थियो ।
शुरुवातमा हत्याको आरोपमा २६ जनालाई फाँसीको सजाए सुनाइएको थियो तथापी राजीब गान्धी पत्नि सोनिया र उनका छोरा राजीव समेतको सहमतिमा केहीलाई आजिवन कारावासको सजाय गरिएको थियो । गान्धीको चुनावी प्रचारको दौरानमा सन् १९९१ मे २१ मा हत्या भएको थियो । (बिबिसी)












