अघोरी बाबाकी श्रीमतीको १७ करोडको सम्पत्ति, अमेरिकामा मासिक १० लाख कमाई !

प्रकाशित मिति:

काठमाडौ – पछिल्लो समय चर्चामा आएका भाइरल बाबा ‘अघोरी बाबा’ का रूपमा चर्चित विजय केसीकी श्रीमती शारदा पाण्डेसँग अथाह सम्पत्ति रहेको खुल्न आएको छ । आफुसँग १७ करोड पर्ने घर नै काठमाडौमा रहेको अझै करोडौ सम्पत्ति रहेको उनको दावी छ । उनले भनेकी छिन् म अमेरिकामा मासिक १० लाख कमाउँछु । करोडौ सम्पत्ति मसँग छ अरुको किन आँखा लगाउँनु ? उनले आफूले कुनै लोभलालचमा लागेर बाबासँग बिहे नगरेको दावी गरेकी छिन् ।

आफूसँग अमेरिकाको ग्रिनकार्डसमेत रहेको बताउने पाण्डेले अमेरिकामा मासिक १० लाख रूपैयाँभन्दा बढी कमाउने जागिर छोडेर बाबासँग बिहे गर्न नेपाल आएको बताइन् । काठमाडौंमा आफ्नो १७ करोड रूपैयाँ हाराहारीको घर सम्पत्ति रहेको भन्दै उनले आफूलाई सम्पत्तिको लोभ नभएको पनि दाबी गरिन् ।

सांसारिक लोभ र मोहबाट दिक्दारी भएर बाबासँग बिहे गर्न पुगेको उनको भनाइ छ । पाण्डेमाथि चितवनकी एक युवतीलाई ठगेको आरोप छ । उनी अहिले प्रहरी हिरासतमा छिन् । आफ्नै पूर्व श्रीमान् गोविन्द अधिकारीलाई दाइ हो भन्दै चिनाएर बिहे गराएको र बिहेपछि दाइले अमेरिका लैजाने कथा बुनेको अभियोग पाण्डेमाथि छ । पाण्डेले आफूसँग रकम असुल गरेको भन्दै ती युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् । सोही उजुरीका आधारमा गत मंगलबार महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको थियो । उनीमाथि प्रहरीले ठगी मुद्दामा अदातलबाट तीन दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । हाल पाण्डे बौद्ध प्रहरीको थुनामा छिन् ।