नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर निर्माणमा नेपाली सेनालाई पछिल्लो पटक दिईएको जिम्मेवारी चार महिना मै सम्पन्न गर्न सफल भएकोमा उनले पटक पटक नेपाली सेनाको उच्च प्रशंसा गरेका छन ।
सोमवार कालीगण्डकी करिडोर सडक योजना रिडी रुद्रवेणी खण्डको सार्वजनिक यातायात शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै सेनाको प्रशंसा गरेका हु्न ।
२ ठुला शक्तिशाली अर्थनीती भएका छिमेकी मुलुक जोड्ने सवैभन्दा छोटो सडक भएकाले यो महत्वपूर्ण भएको उनको भनाई थियो । कालिगण्डगी करिडोर लगायत अन्य महत्पूर्ण राष्ट्रिय गौरवका आयोजनाहरुको वारेमा भारतीय तथा चिनियाँ समकक्षीहरुसगँ कुरा भइरहेको उनले बताए ।
मन्त्री ज्ञवालीले भने, यस्ता योजनाहरुमा उहाँहरुको सहयोग मिल्छ ।’ सडक विकासको प्रमुख आधार भएकाले विकासलाई उत्पादनसगँ लैजानु पर्नेमा जोड दिए । कालीगण्डकी करिडोर सम्पन्न भएपछि यहाँ ठुला–ठुला कन्टेनरहरु सामान लिएर आउने भन्दै उनले सामान लिएर आउने ती कन्टेनरहरुलाई रित्तै पठाउन नहुने बताए । नेपाली सेनाले रिडी–रुद्रवेणी खण्डलाई चार महिनामा १० मिटर चौडा पारेको छ । गुल्मीको प्रवेशद्धार रिडीदेखी आठ किलोमिटर रुद्रवेणीसम्म उसले बाटो चौडा पारेको हो ।












