एजेन्सी /यतिबेला बलिउड सेलिब्रेटी एकपछि अर्को गर्दै बिरामी परेका छन् । गायिका लता मंगेशकर अस्पतालमा भर्ना भएकी थिइन् ।बलिउडका बिगबी अमिताभ बच्चनको पनि स्वास्थ्य अवस्था सामान्य नहुनाले आराम गरिरहेका छन् ।केही हप्ताअघि अक्षय कुमार फिल्म ‘सूर्यवंशी’ को शूटिङका दौरान चोट लागेको थियो । यसले अक्षयका फ्यान चिन्तित बनेका छन् ।अक्षय कुमारलाई ‘सूर्यवंशी’ का बेला लागेको चोट बढ्दै गएपछि अस्पताल भर्ना भएको हल्ला चलेको थियो । तर, यो हल्लामा कुनै सत्यता नभएको बुझिएको छ ।
फ्यानले भने अक्षय बिरामी परेका हुन् कि भनेर चिन्ता व्यक्त गरेका छन् । ‘सूर्यवंशी’ का बेला अक्षयलाई चोट लागे पनि उनले शूटिङ रोकेका थिएनन् ।खबरका अनुसार अक्षय कुमार अस्पताल त पुगेका थिए । तर आफू बिरामी भएर भन्दा पनि उनी आफ्नी पत्नी ट्वीङ्कलकी आमा डिम्पललाई भेट्न अस्पताल पुगेका थिए ।डिम्पललाई पनि फिल्मको शूटिङका बेला सामान्य चोट लागेको थियो । उनले अस्पतालमा उपचार गराइरहेकी छिन् ।












