‘कालापानीबाट भारतीय सेना हटाएर मात्र वार्ता’

प्रकाशित मिति:

काठमाडौ – सीमाविद् हिरण्यलाल श्रेष्ठले कालापानीबाट भारतीय सेना हटाएर मात्र वार्ता गर्नुपर्ने बताएका छन् । सोमबार ‘सीमा अतिक्रमण : विगत, वर्तमान र राष्ट्रिय सरोकार’ विषयक अन्तरक्रियामा बोल्दै उनले भारतीय सेना हटेपछि मात्र वार्ता गर्नुपर्ने बताए ।

उनले कालापानीमा सेना राखेर सम्झौता गर्न नहुने भन्दै सरकारलाई दृढतासाथ भारतसँग संवाद गर्न सुझाव दिए ।उनले लिम्पियाधुरा फिर्ता लिनुपर्ने बताए । सुगौली सन्धि इष्ट इण्डिया कम्पनीसँग गरिएकाले बेलायतलाई मध्यस्थता गराउन सकिने पनि श्रेष्ठले बताए । उनले पहिले द्विपक्षीय, चीनसहित त्रिपक्षिय र त्यसले पनि नभए अन्तर्रास्ट्रिय अदालत जानुपर्ने सुझाव दिए ।