बुटवल – रुपन्देही उद्योग संघको गत आश्विन ३० गते सम्पन्न ४१ औैं साधारणसभा तथा २१ औं अधिवेशनबाट नव निर्वाचित कार्यसमितिको कार्ययोजना कार्यशाला गोष्ठी कार्तिक २९देखि मंसीर १ गतेसम्म बर्दियाको ठाकुरद्वारामा सम्पन्न भएको छ । संघको दीर्घकालीन र अल्पकालीन योजना तथा कार्यक्रमहरु तय गर्न कार्ययोजना कार्यशाला गोष्ठीको आयोजना गरिएको संघका अध्यक्ष बाबुराम बोहोराले बताउनु भएको छ । संघमा हरेक निर्वाचन पश्चात् आउने नयाँ कार्यसमितिले संघका गतिविधि सम्बन्धमा जानकारी लिने र एक अर्काबीचको सम्बन्ध नजिक बनाउँदै नयाँ सोंच र योजना तयार पार्ने उद्देश्यका साथ कार्ययोजना कार्यशाला गोष्ठी विगत लामो समयदेखि गरिंदै आएको महासचिव जिवकान्त काप्mले जानकारी गराउनु भयो ।

गोष्ठीबाट संघले आगामी २ बर्षे कार्यकाल भित्र सम्पन्न गर्ने योजना र कार्यक्रम तथा दीर्घकालीन आयोजनाहरु तय गरिएको छ । जस अनुसार सदस्यता एवं सेवा सुविधा विस्तार, प्रदर्शनी कक्ष, ई लाइब्रेरी निर्माण सेवा केन्द्रको स्थापना, संघको नयाँ भौतिक संरचना,औद्योगिक क्षेत्र निर्माण, मुटु अस्पतालको स्तरोन्नती, तहगत समिति विस्तार लगायतका विभिन्न योजनाहरु व्यापक छलफलबाट पारित गरिएका छन् । गोष्ठीमा प्रशिक्षक अमर थिङ्गले सहजीकरण गर्नुुभएको थियो । गोष्ठीको समापनको अवसरमा संघका अध्यक्ष बाबुराम बोहोराले संघको नवनिर्वाचित कार्यसमितिले अघि सारेका योजनाहरु सम्पन्न गर्न सकिएमा औद्योगिक विकास र सामाजिक सेवामा छुट्टै पहिचान स्थापित हुने बताउनु भएको थियो ।
गोष्ठीका संयोजक एवं संघका वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेलले गोष्ठीमा सहभागीहरुलाई स्वागत मन्तव्य व्यक्त गर्दै संघका हरेक योजनामा सिङ्गो कार्यसमिति एक ढिक्का भई अथक मेहनतका साथ अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो । द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले धन्यवाद ज्ञापन गर्नु भएको समारोहको संचालन महासचिव जिवकान्त काप्mलेले गर्नु भएको थियो । गोष्ठीमा पूर्व अध्यक्ष, पदाधिकारी,कार्यसमिति तथा सल्लाहकार, कर्मचारी गरी ४३ जनाको सहभागिता रहेको थियो ।










