सैन्य अभ्यासमा सहभागी नहुँदा नेपाल माथि भारतको आरोप : यो आन्तरिक कारणले मात्र हुन सक्दैन

प्रकाशित मिति:

भ्रखरै सम्पन्न बिम्स्टेक सम्मेलनमा निर्णय भए अनुरुप भारतमा सोमबार देखी भारतमा चरिहेको सैन्य अभ्यासमा परेवेक्षकको रुपमा मात्र सहभागिता जनाएको नेपाल प्रति भारतले असन्तुष्टि जनाएको छ । पछिल्लो समय नेपालका गतिबिधिहरु चीन केन्द्रित भएको आरोप लगाउँदै आएको भारतमा यससँग जोडेर धेरै बहस चलाउँदै आएको छ यद्यपी यसमा भारत सरकारको आधिकारीक धारणा बाहिर आएको छैन तथापि नेपालको यो निर्णय उपयुक्त नभएको बिश्लेषण भारतले गरेको छ , आन्तरिक राजनैतिक कारण मात्र कारक नभएको भारतीय बुझाई छ । मंगलबार मात्रै भारतीय संचार माध्यमहरुले नेपाल भारतको सैन्य अभ्यासमा नआए पनि आगामी सेप्टेम्बर १७ देखी २८ सम्म चीनमा हुने सैन्य अभ्यासमा सामेल हुन लागेको छापेकाछन् । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीको हवाला दिँदै संचार माध्यमहरुले सगरमाथा फ्रण्डसिप–२ को नामबाट संयुक्त सैन्य अभ्यास गरिने जसमा काउण्टर टेरर अपरेशनको अभ्यास गरिने बताइएको छ । भारतमा नेपाल चीन तर्फ आर्कर्षित भएकोमा त्रास त फैलदों छ नै यसले नेपाल भारतको सम्बन्धमा के असर पुराउने हो शंका शुरु भएको छ ।