पत्रकारिता क्षेत्रलाई वर्तमान सरकारले ध्वस्त पार्न खोजेको नेता भण्डारीको आरोप
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पत्रकारिता र मेडिकल क्षेत्रलाई वर्तमान सरकारले ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् । मंगलवार नेपाल प्रेस यूनियन गुल्मीको ७ औं जिल्ला अधिवेशनको तम्घासमा उद्घाटन गर्दै भण्डारीले पत्रकारिता र मेडिकल क्षेत्रलाई ध्वस्त पारेर सरकारले तानाशाहा प्रतिबृति देखाएको बताएका हुन् ।
सरकारप्रति खनिएका नेता भण्डारीले पत्रकारमार्फत सरकारका मन्त्रीहरुलाई आफ्नो पालोमा जति बजेट गुल्मीमा पारेर देखाउन चुनौती दिए ।नेता भण्डारीले कांग्रेसको सरकारको पालाको जति वजेट गुल्मीमा ल्याए अहिलेका मन्त्रीलाई आजीवन सांसद बनाइदिने भन्दै व्यङग्य समेत गरे ।गुल्मी सदरमुकाम तम्घासमा भएको युनियनको अधिवेसनले रेशम कुंवरको अध्यषतामा नयाँ कार्यसमिती समेत चयन गरेको छ ।










