काठमाडौँ /अजय देवगनको प्रतीक्षित फिल्म ‘तान्हाजी द अनसङ वारियर’ को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्म सन् २०२० को जनवरीमा रिलिज हुँदैछ ।फिल्ममा अजय देवगन, काजोल, सैफ अली खान, जगपति बाबु, पंकज त्रिपाठी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
ओम राउतले निर्देशन गरेको यो फिल्म युद्धमा आधारित छ ।वास्तविक घटनामा आधारित रहेर तयार पारिएको फिल्ममा अजय देवगन र सैफ अली खानलाई योद्धाका रुपमा देख्न सकिन्छ ।तानाजी मालूसरेको जीवनमा आधारित यो फिल्ममा सन् १६७० मा भएको सर्जिकल स्ट्राइक देखाइएको छ । जसले मुगल साम्राज्यलाई हल्लाएको थियो ।












