काठमाडौं/मिस वर्ल्ड नेपाल २०१९ विजेता अनुष्का श्रेष्ठ लण्डन प्रस्थान गरेकी छिन् । उनी बेलायतको लण्डनमा हुने मिस वर्ल्डमा सहभागी हुन बुधवार लण्डन उडेकी हुन् ।अनुष्काले राष्ट्रको सपनालाई आफूले लगेर जाँदा रमाइलो लागेको बताएकी छिन् । यसलाई उनले एक मीठो अनुभव भएको प्रतिक्रिया दिएकी छिन् ।साथै उनले सबै नेपालीलाई आफ्नो प्राथनामा राख्न समेत अनुरोध गरेकी छिन् ।गत वैशाखमा भएको मिस नेपालको प्रतियोगितामा अनुष्काले ‘मिस वर्ल्ड २०१९’ को उपाधि जित्न सफल भएकी थिइन् । उनले २४ सहभागीलाई पछि पार्दै मिस नेपालको ताज उचालेकी थिइन् ।












