सिरहा मालपोत प्रमुख रामबाबु मण्डल ५ लाख घुससहित रंगे हात पक्राउ परेपछी …

प्रकाशित मिति:

जनकपुरधाम – मालपोत कार्यालय सिरहाका प्रमुख ५ लाख घुससहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले शुक्रबार बिहान ११ बजे भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थाबाट उनलाई कार्यालय बाटै रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ । मण्डलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएकाे छ ।