नयाँ बानेश्वरमा दुर्घटनामा परी एकको मृत्यु

प्रकाशित मिति:

काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरमा आज बिहानै दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । बिहान सवा ६ बजेतिर भएको दुर्घटनामा ज्यान गुमाउनेको विभत्स शरीर मात्र फेला परेको ट्राफिक प्रहरीले जनाएको छ ।

‘सडकमा शवसँगै एक खुट्टामा जुत्ता र अर्को जुत्ता बाहिर भेटिएको छ’, घटना स्थलमा रहेका प्रहरी जवानले भने, ‘दुर्घटना कसरी भयो भन्ने खुल्न सकेको छैन ।’ उनले शवको टाउको क्षतविछ्यत भएकाले पहिचान गर्न कठिन भएको पनि बताए । सवारी दुर्घटना नै भएपनि ठूलो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको वा अन्य कारणबाट दुर्घटना भएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।