तिर्थराज ज्ञवाली/देउखुरी दाङ – राप्ती गाउँपालिका कृषि शाखाको आयोजनामा दुई दिने कन्य च्याउ उत्पादन सम्वन्धि तालिम वडा नं २ मा सुरु भएको छ । राप्ती गाउँपालिका वडा नं १, २, ३ ,४ र ९ नं वडाका युवा कृषकहरुलाई लक्षित गरि कन्य च्याउ उत्पादन सम्वन्धि तालिम दिईएको कृषि शाखा प्रमुख कृषिप्रशार अधिकृत महेश अधिकारीले जानकारी दिनु भएको छ ।
पुरुष महिला गरि २५ जनाको सहभागीता रहेको तालिममा कन्य च्याउ उत्पादन गर्ने तरिका, भण्डारण गर्ने तरिका तथा च्याउवाट विभिन्न परिकार बनाउन सकिने तरिकको वारेमा जानकारी दिईने कृषि प्राविधिक सहायक सीमा भट्टले बताउनु भएको छ । राप्ती गाउँपालिका वडा नं २ का वडा अध्यक्ष जगत बहादुर थापाको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ठ आथित्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष सुबेदिले पोषक तत्वले भरिपुर्ण च्याउ सानो लगानिमा पनि मनग्ग फाईदा लिन सकिने ब्यवसाय भएकोले लगनशिल भएर तालिम लिन र ब्यवसाय सुरु गर्न तालिममा सहचागीहरुलाई अनुरोध गर्नु भएको छ ।
कन्य च्याउ उत्पादन सम्वन्धि तालिम वडा नं १, २, ३ ,४ र ९ नं वडाका युवा कृषकहरुलाई लक्षित गरि वडा नं २ मा र वडा नं ५, ६,७ र ८ लाई लक्षित गरि वडा नं ५ मा सञ्चालन गरिने कृषि प्राविधिक सहायक वरसाती गडरियाले जानकारी दिनुभएको छ । राप्ती गाउँपालिकाका वडाहरुले टोलविकास संस्थाबाट प्रतिनिधित्व हुनेगरि टोलविकास संस्थाले पठाएका युवा कृषकहरुलाई कन्य च्याउ उत्पादन सम्वन्धि तालिममा सहभागी गरिएको छ ।










