तिर्थराज ज्ञवाली/देउखुरी दाङ – राप्ती गाउँपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सोमवारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको क्रममा राप्ती गाउँपालिकामा पनि यस वर्ष विभिन्न कार्यक्रम गर्दैसुरु गरिएको राप्ती गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख जिवन कुमारी चौधरीले बताउनु भएको छ । नेपालमा २०५४ सालदेखि दिवस मनाउन थालिएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान राप्ती गाउँपालिकामा पनि यस वर्ष ‘समानताको पुस्ता र बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको छ । अभियानका रुपमा महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न यो अभियान आयोजना हुने गरेको छ ।
सोमवार देखी सुरु भएको ‘समानताको पुस्ता र बलात्कार विरुद्ध ऐक्यबद्धता’ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटन गर्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले हिंसा अनेक प्रकारको हुने हुदा सबैले हिंसाको शुस्म रुप बुझेर त्यसको प्रतिकार गर्नु आवस्यक रहेको बताउनु भयो । अध्यक्ष सुवेदिले हिंसा जानी नजानी बा बास्ता नगर्दा समेत विभिन्न क्षेत्रमा हिंसा भैरहेको ले नियमानुसार र कानुन संमत कार्य हुन आवस्यक रहेको बताउनु भएको छ । १६ दिने अभियानको उद्घाटन कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, महेश अधिकारी, विद्याशरण चौधरी, धर्मराज अधिकारी, दुर्योधन पाण्डे, गोकर्ण बहादुर राना, कुलराज जैसी, विश्वराज आचार्य, हस्त बहादुर गुरुङ, नारायण शर्मा, बुद्धिप्रकाश चौधरी, हिमानी न्यौपाने, केशव खनाल, बालिका शर्मा, विश्वास विक लगायकाले अभियानको चर्चा गर्दै समाज सुधारका लागि सबै लाग्नु आवस्यक रहेको बताउनु भएको छ ।
विश्व स्तरिय अध्ययन अनुसार विश्वभर प्रत्येक तीन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वास पात्र या जीवन साथीबाट भोगेका पाइएको छ । महिला पुरुषको नाममा हुने कुनै पनि हिंसा तथा विभेदको अन्त्य गर्न वडा गत रुपमा १६ दिन सम्म लैंगिक समानताका विषयमा विविध कार्यक्रम हुने भएको छ । राप्ती गाउँपालिकामा ‘लैंगिक समानताको मूलआधार र संरचनागत विभेदको अन्त्य’ भन्ने नाराका साथ सोमबार देखी १६ दिन सम्म नौ वटै वडाहरुमा समेत विभिन्न सचेतनामूलक कार्यक्रम हुने भएको हो । राप्ती गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना एवम् अष्ट्रेलियन एड कारितास अष्ट्रेलिया, कारितास नेपालको सहयोगमा २८ औँ लैंगिक हिंसा विरूद्वको १६ दिने अभियानको पहिलो दिनको उद्घाटन गरिएको हो ।










