उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश खरेलको विदाई

प्रकाशित मिति:

बुटवल /उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश दयानाथ खरेललाई सोमबार एक कार्यक्रमका बीच बिदाई गरिएको छ ।उच्च अदालत बार एसोसिएसन बुटवल र उच्च अदालत तुलसीपुर बुटवल इजलासले सोमबार न्यायाधीश खरेललाई बिदाई गरेका हुन् । यही मंसिर १४ गतेदेखि ६३ वर्षे उमेरहदका कारण सेवा निवृत्त हुन लागेका खरेललाई सोमबार विदाई गरिएको हो । उच्च अदालत बार एसोसिएसन बुटवलद्वारा आयोजित विदाई कार्यक्रममा बोल्दै न्यायाधीश खरेलले सेवा निवृत्त भएपछि आफू कानून व्यवसायमा सक्रिय हुन चाहेको बताए ।

शाखा अधिकृत, सरकारी वकिल, सर्वोच्च अदालतको अनुसन्धान अधिकृत, जिल्ला न्यायाधीश हुँदै २०७३ सालदेखि उच्च अदालतको न्यायाधीश रहेका खरेलले आफूले पहिलो पटक अदालतमा विकास बजेट ल्याउन पहल गरेको बताए । २०१३ सालमा बाग्लुङमा जन्मेका न्यायाधीश खरेल न्याय क्षेत्रमा ३६ वर्ष सेवापछि सेवानिवृत्त भएका हुन् । उनी करिब १५ महिनाअघि बुटवलमा कार्यरत रहेका थिए । उच्च अदालल बार एसोसिएसन बुटवलका अध्यक्ष जोगबहादुर खत्रीको अध्यक्षता, उपाध्यक्ष ज्ञानु के.सी.को स्वागत मन्तव्यर सचिव गोविन्दप्रसाद मरासिनीको सञ्चालन रहेको विदाई कार्यक्रममा वरिष्ठ अधिवक्ता नेत्रबहादुर नेपाल, उच्च अदालत तुलसीपुर बुटवल इजलासका मुख्य भई काम गर्ने न्यायाधीश शेषराज शिवाकोटी लगायतले बोलेका थिए ।