काठमाडौं/ ‘मिष्टर नेपाल–२०२०’को खोजी सुरु भएको छ । आयोजक एक्सपोज नेपालले कात्तिक २५ गते धनगढीबाट सुरु गरेको प्रतियोगिताको पहिलो चरणको अडिशन धनगढी, वीरगन्ज हुँदै सोमबार चितवनमा आयोजना गरिएको थियो ।वीरगन्ज अडिशनबाट ९ र चितवनबाट ४ युवा फाइनल प्रतिस्पर्धाका लागि छनोट भएका छन् ।प्रतियोगिताको छनोट चरणको अडिशन १० गते बुटवल, १२ गते पोखरा र १४ गते काठमाडौंमा आयोजना हुनेछ ।
काठमाडौ अडिशन पछि छनोट चरणको अडिशन सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा १७ देखि ३२ वर्ष ननाघेका युवाले सहभागिता जनाउन पाउने छन् ।प्रतियोगिताको विजेताले शीर्ष उपाधिका साथमा अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता मिष्टर वल्र्ड–२०२०मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।मिष्टर नेपाल’ प्रतियोगिता सन् २००१ देखि नियमित आयोजना हुँदै आएको छ ।












