तिर्थराज ज्ञवाली/दाङ – राप्ती गाउँपालिका कृषि शाखाको आयोजनामा दुई दिने कन्य च्याउ उत्पादन सम्वन्धि तालिम वडा नं ५ मा समेत सुरु भएको छ । राप्ती गाउँपालिका वडा नं ५,६,७ र ८ नं वडाका कृषकहरुलाई लक्षित गरि कन्य च्याउ उत्पादन सम्वन्धि तालिम सुरुगरेको कृषि शाखा प्रमुख कृषिप्रशार अधिकृत महेश अधिकारीले जानकारी दिनु भएको छ । २२ जनाको सहभागीता रहेको तालिममा कन्य च्याउ उत्पादन गर्ने तरिका, भण्डारण गर्ने तरिका तथा च्याउवाट विभिन्न परिकार बनाउन सकिने तरिकको वारेमा जानकारी दिईने कृषि प्राविधिक सहायक सीमा भट्टले बताउनु भएको छ ।
राप्ती गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावतको अध्यक्षता, गाउँपालिका प्रबक्ता विद्याशरण चौधरीको प्रमुख आथित्यता कार्यक्रम उद्घाटन गरिएको छ । कन्य च्याउ उत्पादन सम्वन्धि तालिम वडा नं ५, ६, ७ र ८ लाई लक्षित गरि सुरु गरिएको कृषि प्राविधिक सहायक वरसाती गडरियाले जानकारी दिनुभएको छ । राप्ती गाउँपालिकाका वडाहरुले टोलविकास संस्थाबाट प्रतिनिधित्व हुनेगरि टोलविकास संस्थाले पठाएका युवा कृषकहरुलाई कन्य च्याउ उत्पादन सम्वन्धि तालिममा सहभागी गरिएको छ ।









