एजेन्सी /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी डिसेम्बरमा महाअभियोग सुनुवाइमा सहभागी हुन संसदको तल्लो सदनले बोलाएको छ ।संसदको न्यायिक कमिटीका अध्यक्ष जेरोल्ड नेडरलले राष्ट्रपति ट्रम्पलाई सुनुवाइमा सहभागी हुन बोलाइएको जानकारी दिए ।राष्ट्रपति ट्रम्पले सुनुवाइमा उपस्थित भएर आफ्ना कुरा राख्न सक्ने उनले बताए ।ट्म्प उपस्थित नभए महाअभियोग प्रक्रिया अघि बढाउन अनुसन्धानको अर्को चरणको सुरुवात हुने अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्व जो विडेनविरुद्ध छानविनका लागि युक्रेनका राष्ट्रपतिलाई दवाव दिएको आरोप लागेको छ ।जो विडेनका छोराले युक्रेनमा सञ्चालन गरेको ग्यास प्लान्टमा अनियमितता भएको भन्दै छानविन गर्न ट्रम्पले युक्रेनका राष्ट्रपति बोल्डोमायर जेलेनस्कीलाईदवाव दिएको बताइएको छ ।ट्रम्पले आफ्नो आग्रह नमाने युक्रेनलाई दिँदै आएको अमेरिकी सैन्य सहायता कटौती गर्ने चेतावनी दिएकोसमेत आरोप लगाइएको छ ।विडेन अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनका सम्भावित उम्मेद्वार मानिन्छन्












