​प्रधानमन्त्री हिँड्न थाले, सल्लाहकारसँग गफगाफ गरे, ट्विट गरेर शुभेच्छुकलाई दिए धन्यवाद

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ। मंगलबार बिहान अत्याधिक पेट दुखेपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरेर एपेन्डीसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको तर खतरामुक्त भने अझै भइनसकेको प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डाक्टर अरुण सायमीले बताए । त्यस्तै ओलीले झोल खानेकुरा खाएको र सल्लाहकारसँग पनि भेट गरेर कुराकानी गरेको सायमी बताए । बुधबार बिहानै कालो चिया खाएका थिए ।

प्रधानमन्त्री सामाजिक सञ्जालमा पनि सक्रिय हुन थालेको छन्। उनले आफ्नो आधिकारीरिक सामाजिक सञ्जाल ट्वीटरबाट उनको स्वस्थ्यलाभको कामना गर्ने सुभेक्षुकहरुलाई धन्यवाद दिन थालेका छन् । ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले ट्विट गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको स्वास्थ्य लाभको कामनामा धन्यवाद फर्काएका छन्। त्यस्तै निरज वाग्लेको ट्वीटर ह्याण्डमा पनि धन्यवाद दिएका छन्। वाग्लेले विहान बिहान प्रधानमन्त्रीको जवाफ पाइयो भन्दै निकै खुसी व्यक्त गरेका छन्। बुधबार प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले स्वकीय सचिव पशुपतिभक्त महर्जनलाई अस्पताल पठाएका थिए। त्यस्तै प्रधामनन्त्रीको स्वास्थ्य अवस्थाबुझ्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली का्रग्रेसका सभापति शेरबहादुर देउवा अस्पताल नै पुगेका थिए। त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको भन्दै स्वास्थ्य लाभको कामना गरेका थिए।