आइप्याडमा हेरे प्रधानमन्त्रि ओलीले १३ औ सागको उद्घाटन

प्रकाशित मिति:

काठमाडौँ /मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको आठौं पटक डायलासिस गरिएको छ ।आइतबार उनको आठौं डायलासिस गरिएको हो । मंगलबार र बुधबार पनि डायलासिस गरिएको थियो । त्यसपछि शनिबार सातौं डायलासिस गरिएको थियो ।

उनको मंगलबार सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । सघन उपचार कक्षमा रहेको उनको स्वास्थ्यमा सुधार भइरहेको छ । उपचारमा संलग्न एक चिकित्सक भन्छन्, ‘उहाँको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ ।’प्रधानमन्त्री ओली आइतबार हिँडडुल पनि गरे । साँझपख भने अस्पतालको शैयामा बसेर १३ औं दक्षिण एसियाली खेलकुद ९साग०को उद्घाटन समारोह हेरेका छन् ।