निर्बाचन अपडेट :धरान उपमहानगरपालिकामा कांग्रेस उम्मेदवार जीत नजिक

प्रकाशित मिति:

धरान/धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् ।कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका तिलक राई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा उम्मेदवार प्रकाश राईभन्दा १ हजार ३ सय ७० मतको अन्तरले अगाडि देखिएका छन् ।सोमबार बिहान ६ बजेको नतिजाअनुसार नेपाली कांग्रेसका तिलक राईले २३ हजार मत पाएका छन् ।सत्तारुढ नेकपाका मेयरका उम्मेदवार प्रकाश राईले २१ हजार मत पाएका छन् ।

धरान उपमहानगरपालिकाको २० वटा वडामध्ये अब तीन वटा वडाको मात्रै मत गणना बाँकी छ । वडा नम्बर ३ को मतगणना जारी रहेको छ ।१ र २ नम्बर वडामा मतगणना हुन बाँकी छ । १, २ र ३ नम्बर वडा मुख्य बजारमा पर्छ । यसअघि १ र २ नम्बर वडा नेपाली कांग्रेसले जितेका वडा हुन् । वडा नम्बर ३ नेकपाको पकड रहेको वडा मानिन्छ ।धरान उपमहानगरपालिकामा अब दश हजार मतगणना गर्न बाँकी छ ।नेपाली कांग्रेसले धरान उपमहानगरपालिकामा जित्ने विश्वास लिएका छन् । उनीहरुले राति नै जीतको खुसीयाली मनाउँदै नाराबाजी गरेका थिए । यस अघि त्यहाँ नेकपाले जितेको थियो ।