प्रेस युनियन रूपन्देहीकाे नेतृत्व पहिलाे पटक महिलाकाे काँधमा

प्रकाशित मिति:

नेपाल प्रेस युनियन रूपन्देहीले पहिलाे पटक महिला नेतृत्व पाएकाे छ ।बुटवलमा सम्पन्न  अधिवेशनले रेखा भुसालको अध्यक्षतामा निर्विराेध नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

उपाध्यक्षद्वयमा दीपक घिमिरे र कविन्द्र नेपाल, सचिवमा श्यामशंकर पाण्डे, सहसचिवमा कल्पना तिवाराी र कोषाध्यक्षमा झविन्द्र देवकोटा निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरूमा आचार्य प्रदीप, कृष्ण भण्डारी, भुवन जिसी, सीता गौतम बराल, मीनापौडेल, गोविन्द बस्नेत,कमला पाण्डे अधिकारी,खेमानन्द पाठक, राम भण्डारी,राजकुमार यादव र विकास गौतम निर्वाचित भएका छन् ।

यस्तै केन्द्रीय पार्षदमा हरि लम्साल, खिमानन्द भट्टराई, यमलाल भुसाल, भवानी प्रसाद पाण्डे, डायलसन अधिकारी, विक्रम खड्का,अमृत पाण्डे ,सी. पी. खनाल, तेजेन्द्र केसी, विजय पोखरोल, दामोदर खनाल, गोविन्द खनाल, रााधेश्याम राजभण्डारी, छवि पाण्डे, रामविकास चौधरी, माया गौतम, शारदा मल्ल, मीना ढकाल, रामेश अर्याल, फुलु सुनार, सञ्जु पौडेल, सीता शर्मा, लगायत रहेका छन् ।

यस्तै प्रदेश पार्षदमा  रामराज पोखरेल, विश्वास ढकाल, कपिल ज्ञवाली, सुदीप भण्डारी, प्रवीण गाहा, अर्जुन ज्ञवाली, दिनेश खड्का, डिल्ली नाराायण पाण्डे,  खेमराज रेग्मी, सलमान खान ,कल्पना डुम्रे ज्ञवाली,चण्डी बस्याल, मिन प्रसाद गैरे लगायत रहेका छन् ।