जनसम्पर्क समिति अमेरिकामा चुनावको चहलपहल शुरु

प्रकाशित मिति:

न्युयोर्क, अमेरिका । अमेरिकामा रहेको नेपाली जनसम्पर्क समितिलाई निर्वाचन लागेको छ । जनसम्पर्क समितिको नेतृत्व आफ्नो पक्षमा पार्न मत माग्न समेत थालिसकेका छन् ।

नेपाली कांग्रेसमा गुटउपगुटको राजनीति पुरानै हो । यहाँ पनि यही रोगले सताएको छ । अहिले जनसम्पर्क समितिलाई आफ्नो कब्जामा ल्याउन नेपाली कांग्रेसका तीन गुट सक्रिय बनेका छन् ।

नेपाली कांग्रेस अमेरिका जनसम्पर्क समितिमा अहिले तीन पक्षको भीडन्त निक्कै रोचक बन्दै गएको छ । दशैं पछाडी हुने सम्पर्क समितिको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट नृप विष्ट उठ्ने भएका छन् । देउवा पक्षबाटै मुनिन्द्र नेङबाङले पनि चुनाबी चासो देखाएका छन् । उनले पनि निर्वाचनमा भाग लिने भनेर मत माग्न थालेका छन् ।

यता कृष्णप्रसाद सिटौलाको पक्षमा देखिएका धनञ्जय नरसिंह केसीले पनि अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनी अर्जुननरसिंह केसीका भाई हुन् । कोइराला परिवारको साथ पाएका सोमनाथ घिमिरे पनि चुनावी मैदानमा उत्रिएका छन् ।

वर्तमान अध्यक्ष आनन्द विष्टले नृप विष्टलाई साथ दिने सम्भावना छ । झण्डै पाँच हजार सदस्य रहेको जनसम्पर्क समितिमा कोइराला परिवारको साथ पाएका कारण घिमिरे चुनावी जोड घटाउँमा बलियो देखिएका छन् ।

nishannews.com bata sabhar