साग पुरुष फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै

प्रकाशित मिति:

काठमाडौं/१३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्।खेल दशरथ रंगशालामा बेलुका ५ बजे शुरु हुनेछ। दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । आजकै खेलको नतिजाका आधारमा फाइनल पुग्ने एक टोलीको टुंगो लाग्नेछ। नेपालले बराबरी पनि फाइनल पुग्नेछ । बंगलादेशले भने फाइनल पुग्न खेल जित्नैपर्ने छ।

यसअघि शनिबार भएको खेलमा श्रीलंकालाई पराजित गरी भुटान फाइनल पुगिसकेको छ। भुटानको ४ खेलबाट ९ अंक छ ।नेपालको ३ खेलबाट ७ अंक छ । समान खेल खेलेको बंगलादेशको भने ४ अंक छ। आजको खेलमा बंगलादेश विजयी भएमा उसको नेपालसँग समान अंक हुनेछ र हेड टु हेडका आधारमा बंगलादेश फाइनल पुग्नेछ।