बाँके – कोहलपुरमा ट्रककाे ठक्करबाट एक जना विद्यार्थीकाे ज्यान गएपछि स्थिति तनावपूर्ण भएको छ । ज्यान गुमाउने विद्यार्थीकाे सनाखत भने हुन सकेकाे छैन ।
बिहान ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले ट्रक जलाउनुका साथै प्रहरी चौकीमा पनि तोडफोड गर्न थालेपछि अवस्था तनावपूर्ण बनेको हो ।
विद्यार्थीले आक्रमण गरेपछि भएको जवाफी फायरिङको क्रममा प्रहरीसहित १० जना घाइते भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।









