काठमाडौं – चर्चित सञ्चारकर्मी न्युज २४ बाट प्रसारित “सिधा कुरा जनता सँग” कार्यक्रमका प्रस्तोता रवि लामिछानेले सञ्चालन गर्नेे भनेर चर्चा चलेको नयाँ कार्यक्रमको प्रोमो युट्यवमा सार्वजनिक भएको छ । सार्वजनिक छोटो प्रोमोको छोटो भिडियोमा रवि लामिछानेको पुराना तस्बिरहरु र आवाज सुन्न सकिन्छ । तर; पूरा कार्यक्रम कहिले प्रसारण हुन्छ, भन्ने बारे केही खुलाएको छैन ।सर्वाधिक रुचाइएको कार्यक्रम “सिधा कुरा जनता सँग” कार्यक्रमले लामिछानेलाई जुन लोकप्रियता दियो, अब सञ्चालन गर्ने नयाँ कार्यक्रमले पनि एउटा इतिहास रच्न सफल होस् । हाम्रो शुभकामना ।
,नेपालमा यति धेरै लोकप्रिय बनेका सायद पहिलो सञ्चारकर्मी हुनु पर्छ रवि लामिछाने’ निडर, साहसी र उनको कार्यक्रम प्रस्तुत गर्ने शैलीलाई धेरै रुचाउँछन् । कार्यक्रमले धेरैलाई न्याय पनि दिइसकेको छ । पछिल्लो समय एउटा स्लोगनको चर्चा छ , बजारमा “न्याय नपाए सिधा कुरा जनता सँग कार्यक्रममा जानु”केही फरक केही नयाँ गर्ने सोचले सञ्चालन गर्न लागेको नयाँ कार्यक्रमको प्रोमो तलको भिडियोमा हेर्नुहोस् :









