घर फर्किने दिन युएईमै यसरी अस्ताइन् सुकमाया

प्रकाशित मिति:

युएई – मंसिर १९ गते शुकमाया टमाटाको घर फर्कने टिकट थियो । झोला ठिक पार्न थालिसकेकी थिईन् । १८ गते साथीसँग सामान किन्न बजार गईन् । बजार पुग्नेबित्तिकै उनि अचानक बेहोस भएर । साथीहरुले उनलाई अजमान स्थित खलिफा अस्पताल पुराए । भन्छन् नि जिन्दगीमा अगाडिको बाटो कसले देखेको छ र ? यस्तै भयो शुकमायाको जीवनमा पनि । घर फर्कन टिकट काटेको जहाजले यूएई छाड्नुभन्दा ७ घण्टाअघि नै शुकमायाले संसार छाडिन् । चितवन अप्तारी २ की शुकुमाया नेपालबाट यूएई फर्किएको दुई महिना मात्रै भएको थियो । नेपालबाट फर्किएकोे केही दिनमै उनलाई छातीमा समस्या भयो । स्वास्थ्य जाँच गर्दा मुटुमा समस्या देखियो ।

डाक्टरले शुकमायालाई सक्दो छिट्टो राम्रो उपचार गराउन सुझाए । डाक्टरको सुझाव अनुसार नै उनले नेपालमै उपचार गराउने योजना बनाएकी थिईन् । तर उनले आफ्नो पीडा परिवारलाई भनेकी थिईनन् । दुई वर्ष पहिले यूएई पुगेकी शुकुमायाले नेपाल फर्किने त सोचिन्, तर भर्खरै नवीकरण गरेको भिसा कम्पनीले सजिलै रद्द गरेर नेपाल पठाउन सजिलो थिएन । कम्पनीका प्रतिनिधिसँग कुरा गरेपछि नेपाल फर्कन अनुमति मिल्यो । कम्पनीले भिसा रद्द गरिदियो र एकतर्फी टिकट पनि दियो । निको भएर आउन मन भए कम्पनीले फेरि काममा फर्किने बाटो पनि खुल्ला गरिदियो । तर कम्पनीमा फर्कने बाटोको के कुरा, घर फर्कने बाटो नै सधैंका लागि बन्द भयो । अस्पताल पुर्याइएकी शुकमायालाई डाक्टरले बिहीबार बिहान मृ’त घोषणा गरिदिए । डाक्टरका अनुसार अस्पताल पुग्दा शुकमायालाई बचाउन सकिने आशा एकदमै कम थियो । मुटुको गम्भीर समस्याले थलिएकी शुकमायाको हृ’दयघातका कारण ज्या’न गएको अस्पतालले पुष्टि गरेको छ ।

बिहीबार बिहान दिदीको ज्यान गएको खबर कमलले साँँझ मात्रै थाहा पाउनु भयो । बिहीबार बिहान नेपाल पुग्नुपर्ने दिदीको नि’धन भएको खबर सुनेपछि कमल आफैं अर्धचेत अवस्थामा छन्। छिमेकी दाइ मनोज बिकको साथमा कमल अस्पताल पुगे । बिहीबार बिहानै घर पुग्ने तयारीमा रहेकी दिदीलाई कफनमा बेरिएको देखेका कमलका आँखा ओभाएका छैनन् । गहभरी आँसु बोकेर कमल आफ्नी दिदी शुकमायाको श’व सक्दो छिट्टो नेपाल लैजान लागि परेका छन् । छिमेकी साथी मनोज बिकले कमललाई सहयोग गरिरहेका छन् । शुकमायाको श’ब पो’स्टमा’र्टम पछि अहिले अजमानस्थित खलिफा अस्पतालमा राखिएको छ । शुकमायाले पाउने सेवासुविधा उपलब्ध गराउने र आवश्यक कागजात पूरा गरेर श’व नेपाल फर्काउन दूतावाससँग समन्वय भइरहेको कम्पनीले जनाएको छ । भिसा रद्द भईसकेकोले श’व नेपाल पठाउन केही समय लाग्ने भएको छ । तर सक्दो छिट्टो श’व नेपाल पठाउन सहयोग गर्ने दूतावासले जनाएको छ । मृ’तक २३ वर्षकी शुकमायाका श्रीमान र ४ वर्षकी छोरी छन् । उनि सारजहाँको एक स्कुलमा सरसफाइको काम गर्थिन् ।