काठमाडौमा आज जोर नम्बरका मात्र सवारी चल्न पाउने

प्रकाशित मिति:

काठमाडौँ । काठमाडौ उपत्यकामा आज जोर नम्बरका मात्र सवारी साधन चलाउन पाइने भएको छ । दक्षिण एशियाली खेलकुदको समापन हुने दिन भएकाले ट्राफिक व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्धेश्यले जोर नम्बरका मात्र गाडी चलाउन पाउने व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पुराना सवारी साधन चलाउन र हर्न बजाउन पनि निषेध गरिएको छ । ट्राफिक प्रहरीले उपत्यकाबसीमा नौ अनुरोध गरेको छ ।
१ मंसिर २४ गते समापन दिन सरकारी, अत्यावश्यक सेवा, खेलकुद सम्बद्ध, सञ्चारकर्मी तथा पर्यटक आवद्ध सवारी साधन बाहेक रिङ्गरोड भित्र सम्पूर्ण सवारी साधनहरू जोर नम्वरमा मात्र चलाउन हुन।

२ ठुला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेश नगरीदिनु हुन। ३ दशरथ रङ्गशाला वरिपरिका सवारी मार्गको सकभर प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडकको प्रयोग गरिदिन हुन। ४।२४ गते समापनका दिन कम भन्दा कम सवारी साधनहरू निकाल्नु हुन। ५।सवारी मार्गमा पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाउनु हुन।६।खेल हेर्न आउने सम्पूर्ण सर्वसाधारणहरूको पार्किङ्ग स्थल काठमाडौँ मल अगाडीको टुँडिखेलमा तोकिएकोले सोही अनुसार गरिदिनुहुन।७।हर्नलाई पूर्ण रूपले निषेध गर्नुहुन।८।ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्नु हुनका साथै सडकमा जथाभावी बाटो नकाट्नुहुन।९।ट्राफिक सम्वन्धि समस्या तथा अन्य जानकारीका लागि ट्राफिक प्रहरीको हट लाईन नम्वर १०३ मा फोन गर्नु हुनका साथै नियमित रूपमा मेट्रो ट्राफिक एफ।एम।९५।५ मेघाहर्ज सुन्नहुन ।