काठमाण्डौ – चर्चित बाल गायिका कमला घिमिरेको तेस्रो गीत सार्वजनिक भएको छ। ‘वान टु वान टु’ बोलको गीतमा कमला गायक सञ्जीव सिंह रानाको साथमा देखिएकी छन्। गीतमा सञ्जीव र कमलाको आवाज रहेको छ। गीतमा कमलाको गायकी सँगसँगै नृत्य पनि रहेको छ। यस अघि दुई वटा गीत निकालेर सारा दर्शकको मन जित्न सफल कमलाको नयाँ तेस्रो गीतले पनि दर्शकको उत्तिकै माया पाउने अनुमान गरिएको छ। कमलाको यस गीत पनि शब्दको हिसाबले र भिडियो पनि निकै उत्कृष्ट बनेको छ।
यो भिडियो मा ‘वान टु वान टु हेलिकप्टर चढेर जान्छु काठमाडौँ’ बोलको गीत निकै दमदार बनेको छ। कमला घिमिरे भाइरल भएपछि उनको माग अहिले देश तथा विदेशमा हुने गरेका छ। कमलाको स्वरमा रहेको गीत र दोहोरी सबैले मन पराउने गरेका छन्। उनको दोहोरी गाउने शैलीलाई सबैले वाह-वाह गरेका छन्।
कमला घिमिरे म्युजिक भिडियो र प्रत्यक्ष दोहोरीमा मात्र होइन टिकटक भिडियोहरुमा पनि देखिन्छिन् । उनको दोहोरी र गीत गाउने शैलीलाई सबैले मन पराएका छन् भने देशमा हुने विभिन्न सांगितिक कार्यक्रम र मेला महोत्सवमा कमला घिमिरे पहिलो रोजाई मा पर्ने गरेकी छिन। हेर्नुहोस् कमलाको तेस्रो गीतको भिडियो सहित :












